ठूलो संख्यामा कर्मचारीको माग सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड केन्द्र तथा प्रदेश कार्यालयमा विभिन्न पदमा गरी करिब पाँच सय 2 जना कर्मचारीको माग गरेको छ। बैंकले सातवटै प्रदेशमा र केन्द्रीय कार्यालयमा गरी 5 सय 2 जना कर्मचारीको माग गरेको । बैंकले समावेशी समूह समेत गरी सहायक प्रबन्धक सहायक र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो . कनिष्ठ सहायकको लागि न्यूनतम शैक्षिक योग्यता कक्षा 12 उत्तीर्ण गरेदेखि सहायक प्रबन्धक पदमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता माग गरेको छ। केन्द्रीय कार्यालय अन्तर्गत 1 सय 41 जना प्रदेश नम्बर 1 को कार्यालय अन्तर्गत 25 जना प्रदेश नम्बर 2 को कार्यालय अन्तर्गत 31 जना प्रदेश नं 3 को कार्यालय अन्तर्गत 167 जना गण्डकी प्रदेश कार्यालय अन्तर्गत 54 जना प्रदेश 5 को कार्यालय अन्तर्गत 37 जना कर्णाली प्रदेश कार्यालय अन्तर्गत 28 जना सुदूरपश्चिम कार्यालय अन्तर्गत 11 जना कर्मचारीको माग गरेको छ । बैंकले माग गरेको पदमा असोज 19 गतेसम्म आवेदन पेश गर्न सकिने जानकारी गराएको छ
विस्तृत विवरणका लागि तलको बिज्ञापन हेर्नुहोस्,