मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शूय समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् । सामुदायीक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै सांसद टंकबहादुर बस्नेतले श्रम ऐन अनुसारको तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । देवप्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ मनाङको बाटोमा पर्ने कयौ पुलहरु बगाएर लगेको र ती पुलहरु अहिलेसम्म बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दिलबहादुर महत क्षेत्रीले त्रिवेणी दुम्कीबास सडक खण्ड तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराए ।
जनसरोकारको विषयमा प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण
